Section 79
अनादरको सूचनाको हकमा मनासिब समयको निर्धारण
धारक र अनादरको सूचना पाउने पक्ष भिन्दाभिन्दै स्थानमा कारोबार गर्ने वा बसोबास गर्ने भएमा सो अनादर भएको भोलिपल्ट सो अनादरको सूचना हुलाकद्वारा रजिष्टरी गरी वा अन्य माध्यमद्वारा ती व्यक्तिहरूलार्ई पठाएमा त्यस्तो सूचना मनासिब समयभित्र पठाएको मानिनेछ । दुवै पक्ष एकै स्थानमा कारोबार गर्ने वा बसोबास गर्ने भएमा सो अनादर भएको भोलिपल्ट नै सो स्थानमा पुग्ने गरी सो अनादरको सूचना पठाएमा त्यस्तो सूचना मनासिब समयभित्र पठाएको मानिनेछ ।